वराहक्षेत्र नगरपालिका वडा नं. १ ले किशोरी लक्षित कम्प्युटर प्रशिक्षण सुरु गरेको छ । 

कम्प्युटर प्रशिक्षणमा वडाका ४३ जना किशोरी सहभागी भएको वडाध्यक्ष किसन थापाले जानकारी दिए । 

सहभागीले कम्प्युटरको आधारभूत प्रशिक्षण प्राप्त गर्नेछन् । १ महिने प्रशिक्षण जेठ ७ गतेदेखि सुरु भएर असार ७ गतेसम्म चल्ने वडा सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।

वडा कार्यालयको भवनमा जारी प्रशिक्षणमा सहभागीलाई  सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइने  सचिव पौडेलले बताए । वडाबाट विनियोजित २ लाख रुपैयाँको बजेटमा प्रशिक्षण सञ्चालन गरिएको हो ।

Computer Students_blastkhabar1