देउराली । सरकारी कागजात किर्ते गरी फरार भएका धरान १३ का एक युवक पक्राउ परेका छन् ।
सुनसरी जिल्ला अदालतले  सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा ४ वर्ष अघि कैद सजाय फैसला गरेका धरान १३ का विशाल तामाङ पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ  । कार्यालयका अनुसार उनलाई जिल्ला अदालत सुनसरीले  ११ महिना १२ दिन कैद सजाय फैसला सुनाएको थियो । 
कैद सजाय बेरुजु रही फरार रहेका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अरटिआइ समूहबाट खटिएको प्रहरीले  गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेका कार्यालयले जनाएको छ । 
पक्राउ गरेका तामाङलाई कैद भुक्तानको लागी  झुम्का कारागार  पठाइएको कार्यालयले जनाएका छ ।
त्यस्तै, अरटिआइ समूहबाट खटिएको प्रहरीले चोरी मुद्दामा मोरङ जिल्ला अदालतको ४ वर्ष १ महिना ४ दिन कैद सजाय सुनाएका दमक नगरपालिका ८ का ३७ वर्षीय गोविन्द राउतलाई पनि पक्राउ गरेको छ ।
२०७० साल पुस ११ गते अदालतले सजाय सुनाएको भए पनि फरार राउतलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरी कैद भुक्तानको लागी जिल्ला कारागार मोरङ पठाइएको कार्यालयले जनाएको छ ।
 
                     
         
                                        
                                                                                                 
        































