धरान (ब्लाष्ट) किराँत राई चाम्लिङ खाम्वातिम हङकङको ९ औं अधिवेशनबाट अध्यक्षमा सर्वधन राई(खेर्शुङछा) चयन भएका छन् ।

आइतबार हङकङको जोर्डनमा सम्पन्न अधिवेसनबाट धरानका सर्वधन अध्यक्ष चुनिएका हुन् । 

उनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । खाम्वातिमको उपाध्यक्षमा कृष्णकला राई(दम्दीहमा), सचिवमा भूपाल राई(फ्लामछा), सह-सचिवमा प्रतिमा राई(भिजाइछा), कोषाध्यक्षमा देवेन्द्र राई(दिबुङछा) र सह-कोषाध्यक्षमा जितेन राई(खेर्शुङ्ग्छा) चयन भएका छन् भने सदस्यहरुमा पूजा राई (दिभुछा), प्रतीक्षा राई(बुतेपाछा), सइन्द्र राई (दालाछा), अर्जुन राई (नप्छुरपा) र आशा राई (सप्सनन्छा) चयन भएका छन् ।

IMG-9149