भूतपूर्व गोर्खा सैनिक तथा तेक्वान्दोका गुरु तुलसीकुमार गुरुङको आत्मकथा ‘तुलसी’ हङकङमा लोकार्पण भएको छ ।

पुस्तकमा गुरुङको जीवनयात्रा वणर्न गरिएको छ । कास्कीको वार्चोकमा जन्मिएका गुरुङ लामो समय ब्रिटिस गोर्खा सैनिकमा काम गरेका थिए । पछि उनी खेल क्षेत्रमा लागेर तेक्वान्दोमा ८ डान भए । उनी तेक्वान्दोमा हङकङ सरकारका प्रमुख प्रशिक्षक समेत बनिसकेका छन् । हाल गुरुङ अन्तर्राष्ट्रिय रेफ्री पनि हुन् । उनले विश्वभरका सयौँ सैनिक एवं गैर सैनिकलाई तालिम दिइसकेका छन् । उनको जीवनका यस्तै विषयहरु समेटिएको पुस्तक वि विल राइज फाउन्डेसनले प्रशासन गरेको हो । गुरुङ वि विल राइज फाउन्डेसन, हङकङ नेपलिज तेक्वान्दो एसोसिएसन तथा राइज मिडिया नेटवर्कका संस्थापक अध्यक्ष हुन् ।

8572a73f-7e01-43a6-ab7f-f496e25b0ff0

0af95246-a5f6-458e-9c06-49c188af66ce

फोटोहरु : डम्बरकृष्ण श्रेष्ठ