भरौल । सुनसरीको वराहक्षेत्र नगरपालिका ७ स्थित महेन्द्र माविको स्वर्ण महोत्सवअन्तर्गत सोमबार तीन वटा कार्यक्रम भएका छन् । 

नगरभित्र रहेका माविहरूबीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा आयोजक महेन्द्र मावि प्रथम भएको छ । त्यस्तै महेन्द्र मावि भरौल दोस्रो हुँदा राधाकृष्ण संस्कृत वेद विद्याश्रम मावि तेस्रो भएको छ । नगरका १० वटा माविबीच प्रतिस्पर्धा भएको थियो ।

विजेता स्कुलहरूलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै आयोजक स्कुलमा अध्ययनरत बालकक्षादेखि कक्षा ५ सम्मका बालबालिकालाई कोसी गाउँपालिकाको हाजी उस्मान एन्ड जमिला मेमोरियल ट्रस्टले शैक्षिक सामग्री वितरण गरेको छ । २६० विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । त्यस्तै स्कुल परिसरमा गरिएको रक्तदान कार्यक्रममा ३१ युनिट रगत सङ्कलन भएको जनाएको छ ।