धरान । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीको हिसान स्पोर्टस् मिटअन्तर्गतका  बाँकी खेलहरू शुक्रबारदेखि इटहरीमा सुरु हुँदै छन् । 

बुधबार इटहरीमा पत्रकार सम्मेलन गरी आयोजक हिसान सुनसरीले यसबारे जानकारी दिएको हो । हरेक वर्ष आयोजना हुँदै आएको हिसान स्पोर्टस् मिटका बाँकी खेलहरू फुटबल, भलिबल, क्रिकेट, सेपाकताक्रो, नृत्य प्रतियोगिता हुने अध्यक्ष सागरप्रसाद भट्टराईले जानकारी दिए । 

यस पटक हिसान रन पनि आयोजना गर्न लागिएको अध्यक्ष भट्टराईले जानकारी दिए । धरान रनको प्राविधिक संयोजनमा इटहरीमा हुन लागेको रन पाँच किलोमिटरको हुने मूल संयोजक हेमन्त भण्डारीले जानकारी दिए । उनका अनुसार ब्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, बुद्धिचाल, वक्तृत्वकला, हाजिरीजवाफ र कविता प्रतियोगिता सम्पन्न भइसकेको छ । 

अब हुन लागेका बाँकी खेलहरू इटहरीमा हुन लागेको हो । फुटबल इटहरी रंगशालामा क्रिकेट जनता क्रिकेट पार्कमा, भलिबल पूर्वाञ्चल मावि इटहरीमा हुने उनले जानकारी दिए । हिसान स्पोर्टस् मिटको समापन भने धरानमा हुँदै छ। हिसान स्पोर्टस मिटमा सुनसरीभरिका २ हजार २ सय विद्यार्थीहरूले सहभागी भएका छन् ।