धरान । एनसेल आजियाटा लिमिटेडले कतारमा सम्पन्न विश्वकप फुटबलको फाइनल खेल ठूलो पर्दामा देखाएको छ ।

काठमाडौंस्थित अन्नपूर्ण होटलको पुलसाइडमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गरिएको थियो । जहाँ १९ सयभन्दा बढी दर्शकहरू सहभागी भएको एनसेलले जनाएको छ ।

एनसेलले ५ सय ९९ रुपैयाँमा पाइने ६० जीबी होम एन्ड अवे डेटा प्याक खरिद गर्दा ग्राहकलाई प्रत्यक्ष रूपमा हेर्ने अवसर दिएको थियो । कार्यक्रमस्थलमा दुई ठूला डिजिटल स्क्रिनबाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिन पनि राखिएको थियो ।

कार्यक्रममा निजी सङ्घ–संस्थाका प्रतिनिधि, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि तथा ग्राहकहरू सहभागी रहेका थिए । मिडिया हबको मुख्य सहयोगमा कार्यक्रम गरिएको थियो । प्रत्यक्ष प्रसारणभन्दा अगाडि आविष्कार केसी र डिजे बीपीएमले प्रस्तुति दिएका थिए ।

SGR06014