पथरी । मोरङको पथरीशनिश्चरे–१ मा आगामी३ गते देखी मिनी महोत्सव लगाउने तयारी भएको छ ।

पथरी बजारको तीन वटा क्बलको आयोजनामा मिनी महोत्सव लगायउने तयारी गरेको हो । बजारको चोक चोकमा सडक लाइट र सीसी क्यामरा राख्ने तयारीका साथ महोत्सव लगाउन लागिएको आयोजक सुनाखरी युवा क्लवका अध्यक्ष मिलन राईले बताए । महोत्सवको सह आयोजक फुलबारी समाज र भुल्के समाज रहने पत्रकार सम्मेलनमा आयोजकले बताएका थिए ।

पथरीबजारको जाँते मोड उत्तर रहेको फुटबल मैदानमा पुस ३ गतेदेखि २० दिनसम्मलाग्ने महोत्सवमा राष्ट्रिय स्तरका गायक गायिकाहरुको दैनिक प्रस्तुती रहने मेला ठेक्काआयोजक पर्वत लामाले बताए । र्याप गायक लाहुरे, ज्याती मगर, मेलिना राई, प्रमोद खरेल, राजेशपायल राई, एलिना चौहन,सुगम पोख्रेल लगाएतको प्रस्तुती रहने मेला ठेक्काआयोजक समितिले जनाएको छ ।

महोत्सवमा स्टलहरु राखिने र बिभिन्नखेल सामाग्रीहरु रहने आयोजक समितिको सचिव बिकास राईले बताए । मेलामा रोटेपिङ, भूतवंगला, सर्कस, मिक्कीमाउस, ड्रागन रेस जस्ता खेलहरु रहने छन ।महोत्सवमा कानूनले बर्जित गरे बाहेकका खेल तमासाहरु हुने, सुरक्षाकर्मीहरुको सहयोग, सीसी टीभीको निगरानी हुने र राति १० बजेसम्म महोत्वस चल्ने जनाएको छ ।