श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर १५ गते बिहीबार, १ डिसेम्बर २०२२, नलनाम संवत्सर। मार्ग शुक्लपक्षको अष्टमी तिथि ०७ः३४ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पूर्वभाद्र भोलि ०५ः५७ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्याेदय ०६ः३६ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफन्तसँग रमाइलो भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार मिल्नेछ । परिवारजनको साथले उत्साह जगाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायमा आम्दानी बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक साधन जुटाउने समय छ । लक्ष्यमा पुग्न केही कठोर नीति अवलम्बन गर्नुपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दौडधुप गर्नुपरे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौती पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मेहनतले नाम र दाम दिलाउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । सुखद् समाचारले दिन उत्साहपूर्ण बित्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिले रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । आज समय राम्रो रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ।