विराटनगर । विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्यूरो अस्पताल हाड जोर्नीसम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ ।

अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सकसहितको टिम दुवैको संयोजन मिलेका कारण आर्या न्यूरोले हाडजोर्नीको उपचारमा पछिल्लो समय फड्को मारेको हो । यो अस्पतालमा अहिले जोर्नी प्रत्यारोपणदेखि हाड जोड्नेसम्मको उपचार हुने गरेको छ । आर्या न्यूरोमा अर्थोस्कोपिक, हाडजोर्नी सम्बन्धी उपचार, मेरुदण्डको शल्यक्रिया, मेरुदण्डमा स्टिल हाल्ने, जोर्नी प्रत्यारोपण (घुँडा, कम्मर तथा कुहिना) हुने गरेको छ ।

जोर्नी  प्रत्यारोपणदेखि हाड जोर्नी फेर्नेसम्मको उपचार सेवा सुरु भएपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. मिलन केसीले बताए । आर्या न्यूरोमा केही दिनअगाडि मोरङको जहदा गाउँपालिका–३ की ७२ वर्षीया फूलदेवी राजवंशीको हिपको सफल प्रत्यारोपण गरेको छ ।

डा. केसीको नेतृत्वमा राजवंशीको हिपको सफल प्रत्यारोपण भएको हो । बिरामीको सफल उपचार भएपछि राजवंशी अहिले मज्जाले हिँडडुल गर्न सक्ने भएकी छन् । ‘उमेर बढ्दै जाँदा हड्डी खिइने समस्या हुने गर्दछ’–डा. केसीले भने । यसैगरी आर्या न्यूरो अस्पतालमा सवारी दुर्घटनामा परी उर्लाबारीका ३० वर्षीय समीर पौडेलको मेरुदण्ड र ‘पेलविस’ भाँचिएको थियो ।

अस्पतालका डा. केसीले फेलविसको सफल शल्यक्रिया गरेपछि बिरामी ठीक भएर डिस्र्चाज भएका छन् । यसैगरी भोजपुरकी ३० वर्षीया सृजना तामाङ लडेर मेरुदण्डमा चोट लागेको थियो । उनको खुट्टा पनि नचल्ने भएको थियो । उनलाई उपचारका लागि विराटनगरको एक हस्पिटलमा पाँच दिन राखियो ।

ठीक नभएपछि आफन्तको सहारामा आर्या न्यूरो हस्पिटल आएकी थिइन् । कात्तिक २ गते वरिष्ठ न्यूरो सर्जन तथा अस्पतालका प्रबन्धक निर्देशक डा. पङ्कजराज नेपालको टिमले मेरुदण्डको सफल शल्यक्रिया ग¥यो । २८ दिन हस्पिटलमा बसेपछि १ मङ्सिरमा डिस्चार्ज भएको थियो । उनी आइतबार हस्पिटलमा फलोअपमा आएकी थिइन् ।

यसरी अस्पतालमा डा. केसी आएर हाड जोर्नीसम्बन्धी रोगीका बिरामीको उपचारमा आर्यान्यूरो निरन्तर सफलतातिर अग्रसर भएको छ । अस्पतालमा हाडजोर्नीको सफल शल्यक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका बिरामीको चाप बढ्न थालेको छ । गुणस्तरीय सेवा प्रदान गरेर बिरामीको मन जित्न पनि आर्या न्यूरो सफल हुँदै गएको हो ।

अस्पतालमा जटिल शल्यक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिकित्सकका अनुसार ५० वर्षमाथिका वृद्धवृद्धामा घुँडाको हाड बढेर हुने दुखाइ कम गर्न यस्तो प्रत्यारोपण गरिन्छ । घुँडाको हाड काटेर त्यसमा नयाँ निर्मित जोइन्ट उपकरण राखिन्छ ।

खास गरी वृद्धावस्था भएपछि घुँडा दुख्ने समस्या आउने गरेको बताउँदै चिकित्सक केसीले भने, ‘अप्रेसनपछि पूर्ववत् अवस्थामा फर्कन सकिन्छ ।’ जोर्नी प्रत्यारोपण गरेपछि बिमारीहरू झन् हिँडडुल गर्न सक्दैनन् भन्ने जनमानसमा जुन धारणा छ, त्यो गलत भएको उनले बताए ।