धरान । रोटर्याक्ट क्लब अफ धरान घोपाले ‘विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह’ को  अवसरमा सचेतनामूलक नाटक प्रदर्शन गरेको छ ।

एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग नगर्न सचेत गराउँदै स्वास्थ्य शिक्षामूलक नाटक प्रदर्शन गरिएको हो । नाटकमार्फत् आम नागरिक, स्वास्थ्यकर्मी र नीति निर्माताहरूबीचका उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्ने, लागूऔषध प्रतिरोधी सङ्क्रमणको फैलावटको बारेमा आम जनतालाई शिक्षित गर्ने, एन्टिबायोटिक औषधिको दुरुपयोग र त्यसका हानिकारक असरहरूबारे जनचेतना जगाउनेलगायतका विभिन्न सन्देश प्रस्तुत गरेको थियो ।

धरानको भानुचोकमा शुक्रबार दिउँसो प्रदर्शन गरिएको नाटकमा स्मिता पौडेल, अक्षया वस्ती, शान्ति शर्मा, रिकेश गान्धी, केशर कार्की, मनस्वी आचार्य, कृष रौनियार, सरोज दाहाल, बिनामजङ महत, विक्रम सिंह राणा, नितेश न्यौपाने, रसिक नेपाल, साँजी कपाललगायतले अभिनय गरेका थिए ।

कार्यक्रममा क्लबका अध्यक्ष ऋतिकराज पासवान, सचिव करण यादवलगायत ९ रोटर्याक्टरसमेत करिब ५० जना स्वयम्सेवकको सहभागिता थियो ।