धरान । कवि शिरोमणि साहित्य साधना समाज धरानको दसौं साधारण सभा तथा समिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार धरान मोडल कलेजको सभाहलमा सम्पन्न कार्यक्रमबाट ९१ वर्षीय साहित्यकार सिद्धिकर्ण शर्माको अध्यक्षतमा ११ सदस्यीय समिति गठन भएको छ । यसअघि पनि शर्मा नै समितिका अध्यक्ष  थिए ।

यसैगरी समितिको उपाध्यक्षमा डा.भवानीशङ्कर भट्टराई, सचिवमा डा.महानन्द तिमिल्सिना, सह–सचिवमा विजय घिमिरे, कोषाध्यक्षमा जगन्नाथ कट्टेल र सदस्यहरूमा भरतमणि भट्टराई, शिवकुमारी खनाल, राघवप्रसाद  वाग्ले, लक्ष्मी सुवेदी, सुमन खतिवडा र इन्दु तोदी रहेका छन् ।

त्यस्तै कार्यव्यवस्थापन उपसमितिमा लोचन भण्डारी, मधुसूदन घिमिरे र सञ्जय वस्ती रहेका छन् भने समाजका सल्लाहकारहरूमा डा.गोपालप्रसाद भण्डारी, डा.भीम खतिवडा, गोविन्द तिम्सिना, वीरेन्द्रसिंह थापा, डा.आनन्द आचार्य, डा.रमेश घिमिरे, हरिप्रसाद दाहाल, अन्नपूर्णा वस्ती र पुष्प ढकाल चयन भएका छन् ।

कार्यक्रममा डा.महानन्द तिमिल्सिनाबाट प्रस्तुत सचिवको प्रतिवेदन र जगन्नाथ कट्टेलबाट प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन साधारणसभाबाट पारित गरिएको थियो । कार्यक्रममा इन्दु तोदी र विजय घिमिरेले कवितासमेत सुनाएका थिए ।

प्रा.डा.गोपालप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा.आनन्दप्रसाद आचार्य, वीरेन्द्रसिंह थापा, गोविन्द तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

डा.महानन्द तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रममा डा.भवानीशङ्कर भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने साधारण सभामा पुष्पराज ढकाल, जनार्दन वस्ती, विनायक वस्ती, ललितकान्त झा, नारायण भण्डारी, दामोदर दाहाललगायत साहित्यप्रेमी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

नेपाली साहित्यको उन्नयनका लागि वि.सं.२०६९ मा स्थापित यस समाजले हरेक वर्ष लेखनाथ जयन्तीका अवसरमा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता एवम् स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्दै आउनुको साथै तपसी नामको साहित्यिक पत्रिकासमेत प्रकाशन गर्दै आएको कुरा सचिव डा.महानन्द तिमिल्सिनाले बताए ।