धरान । धरान–१५ स्थित चिल्ड्रेन्स एकाडेमीले बुधबार जुनियर स्पोटर््स मिट सम्पन्न गरेको छ । विद्यालय परिसरमा विद्यार्थीहरूबीच खेलकुदका विभिन्न विधामा प्रतिस्पर्धा गराई स्पोर्ट्स मिट सम्पन्न गरेको हो ।

प्रिन्सिपल गीता गुरुङ, भाइस प्रिन्सिपल वसन्त गुरुङ र संस्थापक सदस्य उत्तम गुरुङद्वारा संयुक्तरूपमा पानसमा दीप प्रज्वलनका साथै बेलुन उडाएर उद्घाटन गरिएको स्पोर्ट्स मिटमा कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूबीच बेलुन फुटाउने, पासिङ द हट बल, चम्चा–मार्बल रेस, स्याक रेस, बोतल भर्नेलगायत विभिन्न रमाइला खेलकुदका विधामा प्रतिस्पर्धा गराइएको थियो ।

उद्घाटनपछि प्रिन्सिपल गीता गुरुङले चिल्ड्रेन्स एकाडेमीका विद्यार्थीहरूले बास्केट बलका विभिन्न प्रतियोगितामा सफलता प्राप्त गरेको जनाउँदै यस्ता प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा चौतर्फी विकास हुने भएकोले हरेक वर्ष स्पोर्ट्स मिट आयोजना गर्ने गरेको बताएकी थिइन् ।

त्यस्तै भाइस प्रिन्सिपल वसन्त गुरुङले स्पोर्ट्स मिट सम्पन्न गर्नका लागि सहयोग पु¥याउने शिक्षक शिक्षिका, स्वयम् सेवकलगायत सबै विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।