धरान । धरानमा १५ दिनसम्म अन्तर्राष्ट्रिय पाक शिक्षा अन्तर्गतको तालिमपश्चात् प्रशिक्षार्थी विद्यार्थीहरूले विभिन्न देशका खानाको परिकारहरू बनाउन थालेका छन् ।

२ हप्तासम्मको सैद्धान्तिक र व्यावहारिक दुवै शिक्षापश्चात्  विद्यार्थीहरूले अन्तर्राष्ट्रिय होटलमा तयार हुने खानाको परिकारहरू आफै बनाउन थालेका हुन् । धरान इन्टरनेशलन कलेज अफ होटल म्यानेजमेन्टको आयोजना  र स्वीस् कन्ट्याक्टको संयोजनमा २१ दिने तालिम सञ्चालन भइरहेको छ ।

धरानमा स्वीट्जरल्यान्डका एक्जेक्युटिभ सेफ गुनथर नट्जको प्रशिक्षणमा सञ्चालन भइरहेको हो । मङ्गलबार विद्यार्थीहरूले आफ्ना अभिभावकलाई कलेजमा नै बोलाएर खानाको आइटमहरू बनाएर खुवाएका छन् । धरानका ४२ जना विद्यार्थी तालिममा सहभागी छन् ।

स्वीस प्रशिक्षक एक्जेक्युटिभ सेफ नट्जले प्रेम, समर्पण र कलात्मकताको संयोजनमा खानालाई तयार गर्न प्रशिक्षार्थीलाई प्रोत्साहन गरेको र आफूलाई पनि नेपाली विद्यार्थीहरूसँग काम गर्दा हौसला प्रदान भएको कार्यक्रममा बताएका छन् । प्रयोगात्मक शिक्षा एक हप्तासम्म सञ्चालन हुने कलेजका सिइओ लोकेन्द्र श्रेष्ठले बताए ।

विद्यार्थीले तालिममा डेजर्ट आइटम, इटालियन फुड, कन्टिनेन्टल कुजिन, किचन हाइजिन, फुड डेकोरेसन, फुड स्टोरेजलगायतका सीप सिकेर त्यहीअनुसार खानाको परिकारहरू तयार गर्दैछन् ।