श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल कात्तिक २५ गते शुक्रबार, ११ नोभेम्बर २०२२, नलनाम संवत्सर । मार्गकृष्ण पक्षको तृतीया तिथि  २०ः३७ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र मृगशिरा भोलि ०७ः४९ बजेसम्म, उप्रान्त  आद्र्रा, चन्द्रमाराशि वृष, सूर्याेदय ०६ः२१ बजे र सूर्यास्त ०५ः१३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ । आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारी अपनाउनु होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदा हुनेछ।