संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले झनै भयावह रुप पनि लिन सक्ने बताइएको छ ।

सोमालियामा विगत निकै लामो समयदेखि कुपोषणको शिकार रहेको र आगामी वर्षदेखि यहाँको यो समस्याले थप विस्तारित रुप लिएको बताइएको छ । युनिसेफले पछिल्ला वर्षहरुमा सोमालियमा कुपोषणबाट मृत्य हुने बालबालिकाको समस्या बढेकाले आगामी दिनमा यस विषयमा सोच्नुपर्नेमा जोड दिएको छ ।

यहाँका बालबालिकामा पछिल्लो समयमा कुपोषणको समस्या देखिन थालेको र यसबाट मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको पाइएको पनि युनिसेफले जनाएको छ । सो संस्थाका अनुसार गएको मे महिनादेखि आजसम्म कम्तीमा पनि ४४ हजार बालबालिका विरामी भएर अस्पताल भर्ना भएका र तीमध्ये अधिकांश नै कुपोषणको शिकार हुन पुगेका पनि बताइएको छ ।