सुनसरी । कोसी गाउँपालिकाको आयोजनामा सम्पन्न आधारभुत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता कोसी मावि पश्चिम कुसाहा प्रथम भएको छ ।

कोसी गाउँपालीका वडा नम्बर ५ स्थित रहेको मदसा दारुल होदा फल्फिया विद्यालय कुम्याहीमा आइतबार आयोजित गाउँपालिका स्तरीय निमावी हाजिरी जवाफ प्रतियोगिता समपन्न भएको हो ।

उक्त निमावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता अल फलाहा पब्लिक स्कूल द्धितिय, राष्ट्रिय मावि शोभनपुर तृतिय र श्री आधारभुत आधारभुत भण्टाबारी सान्तवना भएको कोसी गाउँपालीका  सामाजिक विकास शाखा प्रमुख राजकिसोर मेहताले जानकारी दिए ।

सो निमावी स्तरीय हाजिरी जवाफ प्रतियोगितामा कोसी गाउँपालिका क्षेत्रका ११ वटा विद्यालयका बाल प्रतियोगिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा कोसी जनता मावि हरिपुर, राष्ट्रिय मावी श्रीपुर, मदरसा दारुल हुदा स्कूल,राष्टिय मावि लौकही, मदर्शा मिफ्तादुल उजुम, रत्न प्रिया इगिंलिस स्कूल सहित ११ विद्यालयका प्रतियोगितहरुकोे सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रत्येक विद्यालयबाट निमावि तहका ३÷३ जना बालबालिकाको सहभागीता रहेको थियो । आयोजना भएको विद्यालयका प्रधानाध्यापकको अध्यक्षता तथा कोसी  गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

विजयी तथा सहभागीहरुलाई कोसी  गाउँपालिकाकि उपाध्यक्ष अनितादेवी यादव, प्रमुख प्रशासकिय अधिकृत चोलाराज दंगाल, वडा सचिव विरेन्द्र मेहता, शिक्षा पत्रकार जयकृष्ण यादव सहितकाले पुरस्कार, सिल्ड र प्रमाण पत्र वितरण गरेका थिए ।