विजयपुर । नेपाली कथानक चलचित्र असोज २८ गतेदेखि प्रदर्शन हुने भएको छ ।

चलचित्र ‘हिजोआजको कुरा’ टिम चलचित्र प्रचार–प्रसारका क्रममा धरानमा पत्रकारहरूसँग भेटघाट गर्दै असोज २८ देखि प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।

पन्त प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सन्तोष पन्त र साकार पन्तले निर्माण गरेका छन् । साकार पन्तको निर्देशन रहेको छ । चलचित्रमा पनि समाजको दैनिकीलाई प्रस्तुत गरिएको निर्देशक साकार पन्तले जानकारी दिए । उनले चलचित्रमा हाँसो, रोदनसँगै तीन पुस्ताको कथा समेटिएको बताए ।

चलचत्रिमा केकी अधिकारी, रिमा विश्वकर्मा, जेबिका कार्की, सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, ऋचा शर्मा, दिव्यदेव पन्त, जयनन्द लामा, रमेश अधिकारी, विनायक कुइकेल, अनुष्का अधीकारी, निरञ्जनप्रसाद अर्याल, लक्ष्मी भुसाल, सविन शाक्य, मञ्जु श्रेष्ठ, सैलेजा पाण्डे, कमल रेग्मीलगायतको अभिनय रहेको छ ।