धरान । रोटरी क्लब अफ धरानले टिच कार्यक्रम अन्तर्गत धरान–५ स्थित सरस्वती माध्यमिक विद्यालय पानमारामा स्कुल पोसाक र जुत्ता वितरण गरेको छ ।

क्लबका अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक गङ्गा धमलाको विशेष आतिथ्यमा भएको कार्यक्रममा क्लबले आर्थिक अवस्था कमजोर २० जना विद्यार्थीहरूलाई छनौट गरी उक्त सामग्रीहरू वितरण गरिएको क्लबका सह–सचिव सन्दीप शाक्यले बताए ।

रोटरी क्लब अफ धरानले सेप्टेम्बर महिनाभरि टिच कार्यक्रम अन्तर्गत प्रौढ कक्षा सञ्चालन, क्यारियर काउन्सिलिङ, महिला सशक्तिकरण कार्यक्रमबारे सम्झौता, निःशुल्क स्कुल पोसाक र जुत्ता वितरणजस्ता कार्यक्रम सम्पन्न भइसकेको र अन्य कार्यक्रमहरू गर्दै जाने योजना रहेको कार्यक्रमका संयोजक शिवानन्द साहले बताए ।

कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई राहत मिल्नुको साथै अझ पढ्ने हौसला पनि मिलेको कुरा विद्यालयका प्रधानाध्यापक गङ्गा धमलाले बताए ।