सङ्खुवासभा । जिल्ला अस्पताल सङ्खुवासभाका दुई कर्मचारीलाई हातपात गरेको आरोप निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठ पक्राउ परेका छन् ।

मङ्गलबार साँझ खान खाई सकेर क्वाटरमा बसिरहेको बेला उनी क्वाटरमा नै आएर दुई कर्मचारीलाई हातपात गरेको हो । मङ्गलबार साँझ साँढे ७ बजेतिर हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रमुख दिपेश श्रेष्ठले दुई स्वास्थ्य कर्मचारीमाथी हातपात गरेको हो ।

अस्पतालका फार्मेसिस्ट धिरज रौनियर र अस्पतालका सूचना अधिकारी समेत रहेका मेडिकल रेकर्डर सुपरभाईजर शेखर खत्रीलाई उनले हातपात गरेको हो ।

पीडितहरुले प्रहरी कार्यालयमा राती नै निवेदन दिएका छन । आरोपित श्रेष्ठ विहानै प्रहरी नियन्त्रणमा छन् । उनी खाँदबारीका स्थायी बासिन्दा हुन । बिगत ३ बर्षदेखि उनी प्रशासन प्रमुख पदमा रहेका थिए । कारण नखुलेको र सो विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी बिरेन्द्र गोदारले जनाएको छ ।