धरान । स्पार्क फाइभ अस्पताल धरान–१ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा पाएका छन् ।

शनिबार अस्पतालको आठौं साधारणसभाको अवसरमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा काठमाडौं स्पार्क हेल्थ होममा कार्यरत डा.अनिलकुमार महतो, डा.तारा भुजेललगायतले बिरामीको चेकजाँच गरेका थिए ।

शिविरमा बिरामीको ढाड, कम्मर, गर्दन, घुँडा, जोर्नीहरू दुख्ने, नसा च्यापिएको, हड्डी खिइएको, बाथ रोग, युरिक एसिड बढेको, शरीर झम्झमाउने, लाटो हुने, कुम जाम भएको, प्यारालाइसिस, मुख बाङ्गिएको लगायतका समस्याहरूको जाँच गरिएको थियो । शिविरमा सहभागीलाई ल्याव परीक्षणमा २० प्रतिशत छुट दिइएको अस्पतालकी व्यवस्थापक मिला बस्नेतले बताइन् ।