संखुवासभा । पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङद्वारा जिल्ला अस्पताल संखुवासभाको अनुगमन भएको छ । विहिबार विहान अस्पताल पुगेका राज्यमन्त्री गुरुङले अस्पतालको अवस्था बारे जनकारी लिएका थिए । अस्पतालको सेवा प्रवाह तथा भौतिक अवस्था बारे जानकारी लिएको हो । 

जिल्ला समन्वय प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले अस्पतालको सेवा प्रवाहको अवस्था, समस्या र आवश्यकताका बारेमा जानकारी गराए । अस्पतालमा भौतिक संरचनाको रुपमा बन्दै गरेको भवनको पूर्णता, सेवा प्रवाहमा चुस्तता, स्वास्थय सामाग्रीको उपलब्धताबारे जानकारी लिँदै उनले अपुग सामाग्री जुटाउन पहल गर्ने बताएका छन् ।

जिल्लामा नै डायलसिसको सेवा उपलब्ध गराउन पहल गरिरहेको जानकारी दिए । जिल्लाका विरामीहरुलाई बाहिर लगेर डायलासिस् गर्नुपर्ने बाध्यता हटाउन पहल अगडी बढाएको उनले जनाए । सो संगै अस्पतालमा आवश्यक औषधी तथा सामाग्रीहरुको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् । 

संचारकर्मिहरु सहित अनुगमनका क्रममा अस्पताल  पुगेकापुर्व राज्यमन्त्रि गुरुङले आफुले सकेको सहयोग जुटाउने प्रतिबद्धता गरे । अस्पतालमा आन्तरिक तथा व्यक्तिगत कारणले सेवा प्रवाहमा समस्या नल्याउन सुझाएका छन् । संवेदनशिल क्षेत्र भएकोले संवेदनशिल बन्दै काम गर्न उनले सुझाव दिएका छन् ।