धरान / कौडिन्य गोत्रिय आचार्य महिला समाजले अपाङ्गता भएकाहरुलाई दर खुवाएको छ । 

बुधबार समाजको केन्द्रिय समिति धरानले महिलाहरुको महानचाड हरितालिका तीजको अवसरमा धरानको छाताचोकस्थित पुनर्स्थापना गृहमा आश्रितहरुलाई दर खुवाएको हो । समाजका पदाधिकारीहरु पुनस्र्थापना गृहमै पुगेर त्यहाँ आश्रित ३१ जनालाई खानाका विभिन्न परिकार खुवाएका हुन् । समाजकी अध्यक्ष अम्बिका आचार्यले पहिला आश्रममा दर खुवाएर मात्र आफुले खाने कार्यक्रम रहेको बताईन् । 

धरान उपमहानगरपालिका वडा नं. १का अध्यक्ष यज्ञमणी आचार्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा धरान–९का वडाअध्यक्ष रुपेश आचार्य, उद्योग वाणिज्य संघ सुनसरीका सदस्य शैलेश आचार्य, समाजसेवी लोकेन्द्र आचार्य, प्रदीप आचार्य लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 

समाजले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ । सोहि क्रममा यसपटक अपाङ्गता भएकाहरुलाई दर खुवाएर मात्र आफुहरुले खाने समाजले निर्णय गरेको अध्यक्ष आचार्यले बताईन् । समाजले आगामी दिनमा पनि विभिन्न सामाजिक कार्य गर्दै जाने उनको भनाई छ । पुनर्स्थापना गृहका सञ्चालक भीम राईले कौडिन्य गोत्रिय आचार्य महिला समाजले गृहमा रहेकाहरुलाई चाडपर्व मनाउन सहयोग गरेको भन्दै धन्यावाद व्यक्त गरे ।