विजयपुर । मेरो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेका रक्तदान कार्यक्रममा ५७ युनिट रगत सङ्कलन भएको छ ।

आइतबार संस्थाको १२ आंै स्थापना दिवसका अवसरमा धरानमा रक्तदान कार्यक्रम गरेको संस्थाका अध्यक्ष उद्धवबहादुर लिम्बूले जानकारी दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले रक्तदान गर्नु सबैभन्दा पवित्र सामाजिक कार्य भएको बताए । उनले अस्पतालमा रगत अभाव भइरहँदा रक्तदान गर्नाले राहत पुग्ने बताए ।