धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित चिकित्सा तथा दन्त चिकित्सा कल्याण समाजले प्रतिष्ठान प्रशासनसँग विभिन्न माग गरेको छ ।

समाजले विज्ञप्ति जारी गर्दै दिएको जानकारीअनुसार शिक्षकको पदोन्नति, शिक्षकका छोराछोरीलाई एमबीबीएस, बिडिएस र नर्सिङलगायतमा दिइँंदै आएको सिट यथावत् रहनुपर्ने र शिक्षकहरूका अन्य सेवा सुविधा कटौती गर्न नहुने माग गरेको जनाएको छ ।

समाजले पहिलादेखि नै यी मागहरूबारे पटक–पटक जानकारी गराउँदा व्यवस्थापन पक्षले विभिन्न समस्या देखाएर ढिलाइ गर्दै आएको जनाएको छ । हाल सिनेट र व्यवस्थापनका पदाधिकारी पनि पूर्ण भएकाले आफ्ना मागहरू पूरा गर्न आग्रह गरिएको छ ।

माग पूरा नभएमा कडा रूपमा प्रस्तुत हुने समाजका अध्यक्ष डा.अरुणकुमार सिंह र महासचिव डा.आरती शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।