धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि आन्दोलनरत हामी नेपाल नेतृत्वको सेभ घोपा अभियानकाे सडक  सडक आन्दोलन आज समापन गरिने भएको छ । 

 हामी नेपालका अध्यक्ष सुधन गुरुङका अनुसार प्रतिष्ठानको सुधारकालागि ३२ वटा मागसहित ५ महिना देखिको आन्दोलन आज अपराह्न ५ बजे स्वास्थ्य मन्त्री भवानी खापुङले सम्बोधन गरेपछि समापन गरिने भएको हो । 

गुरुङका अनुसार  सेभ घोपा अभियानले प्रतिष्ठान सुधारका लागि अघि सारेका अधिकांश मागहरू पुरा भएको र दीर्घकालीन रूपमा हुनुपर्ने सुधारका कामहरूमा नीतिगत समस्याका कार तत्काल सम्भव नभए पनि प्रक्रियाहरू अघि बढिसकेकोले दैनिक हुने आन्दोलनलाई समापन गरिएको हो ।

गुरुङले भने " प्रतिष्ठानले गर्नुपर्ने सुधारका कामहरू भएका छन् । हामीले माग गरेको सम्पत्ति छानबिनका कुरा अख्तियार अनुसन्धान आयोगले गर्ने हो । सामान खरिद, भवन निर्माण  प्रक्रियाका कुराको छानबिनका लागि   प्रक्रिया अघि बढेको छ । सरकारबाट तत्काल गर्ने कामहरू भएका छन् । दीर्घकालीन कामका लागि प्रक्रियाहरू अघि बढेका छन् । त्यस कारण दैनिक हुने आन्दोलनलाई रोकेका हौँ ।"

 गुरुङले दैनिक हुने आन्दोलनलाई समापन गरिएको भए पनि प्रक्रियागत सुधारका निरीक्षण समिति गठन गरी  हस्तक्षेप रहित निरीक्षण गरिने  बताएका छन् । 

 कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै सेभ घोपा अभियानले साउन २९ गतेदेखि राजधानीमा आमरण अनसन बस्ने घोषणासमेत गरेको थियो । स्वास्थमन्त्रीले  मागहरूबारे गम्भीरतापूर्वक लिएको जानकारी गरेपछि स्थगित गरिएको थियो ।  सोही समझदारी अनुसार स्वास्थ्य मन्त्री खापुङ आएर आन्दोलनलाई सम्बोधन गर्ने गुरुङले जानकारी दिए । 

300110889_3216943631911994_2261306914661137308_n