विजयपुर । नेपाल तरुण दल धरान नगरसमितिले आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय ५ युनिट रगत सङ्कलन भएको छ ।

शुक्रबार धरान–१७ स्थित रेल्वे चोकमा आयोजित रक्तदान कार्यक्रममा २ सय ५ पिण्ट रगत सङ्कलन भएको तरुण दलका नगर अध्यक्ष नरसिंह राईले जानकारी दिए ।

उनले अस्पतालहरूमा रगतको अभाव भएकाले रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रम रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको हो ।

तरुण दल जिल्ला र क्षेत्रीय समितिको संयोजन रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस १ नं. प्रदेश महामन्त्री उमेश थापा, १ नं. प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, श्रेत्रीय सभापति सुजेन्द्र तामाङ, नगर सभापति श्याम पोखरेल, जिल्ला सचिव माधव घिसिङ, १ नं. प्रदेश सदस्य सन्तोष विकलगायतको उपस्थिति रहेको थियो ।