भोजपुर । भोजपुरको हतुवागढी गाउपालिका ९ हसनपुरको अधिकारी खोलामा जेसिभी दुर्घटना भएको छ ।

घोडेटार बजार देखी हसनपुर तर्फ बाटो मर्मत तथा सरसफाइ गर्न जाने क्रममा बा १ ग ३२४७ नंम्बरको जेसीभि ब्रेकफेल भएर शुक्रबार दुर्घटना भएको हो । जेसीभि बाटो देखी करीव २ सय मीटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारका प्रहरी निरिक्षक धन बहादुर राजबंशीले बताए ।

दुुर्घटनामा चालक हतुवागढी ४ फलामढुङ्काका विजय राई र सोही ठाउँका सहचालक अनिल राई भने हामफालेर बाच्न सफल भएका छन् । फामफाल्ने क्रममा उनिहरुको शरीरमा केही भागमा चोट लागेकाले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटार पठाइएको छ ।

उनीहरुको अवस्था सामान्य रहेको छ । दुर्घटनामा परेको जेसीभि गाउपालिका भित्र रहेका सडक मर्मत गर्न ५ बर्ष अगाडी हतुवागढी गाउँपालिकाले खरीद गरेको हो ।