धरान उपमहानगरपालिकाको १५ नम्बर वडा स्थित श्याम चोकमा स्थानीयहरूका बिच खाद्य स्वच्छता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । चाडबाडको समय सुरु हुनै लाग्दा मानव शरीरका लागि फाइदाजनक तथा हानिकार खाद्यहरूको पहिचान र प्रयोगका बारेका अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुनसरीका कार्यालय प्रमुख, खाद्य अनुसन्धान अधिकृत काशीनाथ घिमिरेले अन्तरक्रियामा उपस्थित स्थानीहरूलाई खाद्य सुरक्षाका सम्बन्धमा प्रशिक्षण दिएका थिए । 

उनले विभिन्न रोग तथा हैजाको कारक हामीले खाने पनि खाद्यान्न हुने भएकाले आफूहरूले खाने खाद्यान्नका बारेमा सजग हुने पर्ने भन्दै विशेष गरे हामीले खाने माछा मासुमा बढी मात्रमा किटाणु हुनेभएका माछा मासु, खरिद गर्दा, त्यसलाई स्टोर गरेर राख्दा, पकाउँदा तथा खादा बढी सजग हुनु पर्ने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुनसरीको आयोजना तथा धरान उपमहानगरपालिकाको  सह आयोजनामा श्याम चोक स्थित श्याम चोक सेवा समाजको भवनमा आयोजित उक्त कार्यक्रममा १५ नम्बर वडाका वडाध्यक्ष नरेश इवारम, कार्यपालिका सदस्य।सिर्जना नेपाल, उपमहानगरका अनुगम अधिकृत वेदप्रसाद सापकोटा लगायत ५० जना भन्दा बढी स्थानीयको उपस्थिति रहेको थियो । 

297932475_1145333902719896_3672107049191575670_n