धरान । नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्रान्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको छ ।

गोल्डेन ओकले देशका विभिन्न सहरहरूमा ‘गोल्डेन ओक कमेडी यात्रा’ सुरु हुँदै छ । यात्रामा कलाकार जितु नेपाल, सुरेन्द्र के.सी., मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिवशंकर रिजाललगायतले प्रस्तुति दिनेछन् । 

यात्रा बिर्तामोडमा साउन २० गते, दमकमा साउन २१ गते, इटहरीमा साउन २२ गते, विराटनगरमा साउन २३ गते र धरानमा साउन २४ गते कार्यक्रम हुने जनाइएको छ ।