बिर्तामोड । झापाको मेचीनगरमा विषालु सर्पको डसाईबाट एक जना स्वास्थ्य स्वयमसेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ११ की रुपा मैनाली छिन् ।

उनलाई गएराति आफ्नै घरमा सुतेको अवस्थामा विषालु सर्पले डसेर घाइते बनाएको थियो । तत्काल उनलाई उपचारको लागि चारआलि स्थित सर्पदंश लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि विर्तामोड लैजादै गर्दा बाटोमा नै ज्यान गएको मेचीनगर ११ का वडाध्यक्ष रुद्र डागीले जानकारी दिए ।

मृतक मैनाली धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर ११ मा सामुदायिक स्वास्थ्य स्वयमसेविकाको रुपमा कार्यरत थिईन् ।