धरान । स्कील कलेज इटहरीले प्रदेश नम्बर १ कोपर्यटन र हस्पिटालिटी क्षेत्रमा योगदान पु¥याएको भन्दै ६ संस्था तथा व्यक्तिलाई हस्पिटालिटी अवार्ड वितरण गरेको छ ।

मङ्गलबार आयोजित हस्पिटालिटी अवार्ड तथा बिदाइ, स्वागत कार्यक्रममा सास्थम कलेज विराटनगर, युएन कलेज धरान, सेच्छ हस्पिटालिटी धरान, प्राइड हस्पिटालिटी सोलुसन इटहरी, पत्रकार विराट अनुपम र कृष्ण साहलाई हस्पिटालिटी अवार्ड २०७९ प्रदान गरिएको आयोजकले जनाएको छ ।

कलेजका प्रमुख कार्यकारी अधिकृत पृथ्वीराज पराजुलीको अध्यक्षता र प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अवार्ड वितरण गरिएको हो । कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी तथा होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीलगायत उपस्थित थिए ।

सन् २०१५ मा स्थापना भएको स्कील क्याम्पस होटल व्यवस्थापन विषयका क्षेत्रमा परिचित छ । पर्यटन तथा होटल व्यवस्थापनको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै त्यससम्बन्धी शिक्षा प्रदान गर्दै आएको कलेजले पर्यटन तथा हस्टिालिटी क्षेत्रमा योगदान पु¥याउनेलाई हौसला प्रदान गर्न अवार्ड वितरण गरेको जनाएको छ ।

कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक प्रज्वल पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संयोजन संस्थाका व्यवस्थापन प्रमुख डेनी खत्रीले गरेका थिए ।

skill3

skill2