मोरङको पथरी शनिश्चरे नगरपालिकामा पैनिमा डुबेर एक बालिकाको मृत्यु भएकाे छ ।
नगरपालिकाको ९ नम्बर वडा स्थित सगरमाथा चोक नजिकै पैनी डुबेर बालिकाको मृत्यु भएकाे इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेले जनाएको छ । 
  कार्यालयका अनुसार आज बिहान ८ः४५ बजे अन्दाजी तेह्रथुमको छथर गाउँपालिका ३ घर भई कोठा भाडामा बस्दै आएका कुमार लिम्बूकी १९ महिने छोरी स्नेहा लिम्बू पैनीमा डुबेको अवस्थामा  मृत   फेला परेकि हुन् । 
बिहानै घरको आँगन खेल्ने क्रममा घर देखी ५० मिटरको दुरीमा रहेको पैनीमा डुबेको अवस्थामा स्थानीय भिमप्रसाद ढुङ्गानाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
डुबेको देखेपछि स्थानीयले पैनीबाट निकाल्दा बालिकाको मृत्यु  भइसको भेटिएको  कार्यालयका प्रमुख डिएसपी वेदप्रसाद गौतमले बताए । घटनाको जानकारी पाएसँगै पुगेको प्रहरी टोलीले घटना स्थलको मुचुल्का गरी पोस्टमार्टमकालागि उर्लाबारीको मंगलबारे स्थित मदन भण्डारी ट्रमा सेन्टर  पुर्याइएको डिएसपी गौतमले बताए । 
                    
        
                                        
                                                                                                
        































