पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले पशुपालक किसानलाई कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले गत आइतबारदेखि अनुदानका सामग्री वितरण सुरु गरेको हो ।

किसानका लागि ८३ थान चापकटर मेसिनमध्ये नगरपालिकाले किसान र अपाङ्गता भएका नागरिकलाई सामग्री वितरण चापकटर र ह्वीलचेयर वितरण गरेको नगरप्रमुख मित्रप्रसाद काफ्लेले बताए ।

आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाले खरिद गरेको पशुपालक किसानलाई ८३ थान चापकटर वितरण गर्ने लक्ष राखेको थियो । जसमध्ये पहिलो चरणमा फिदिम– ११ का ३ जनालाई ३ थान, १२ का ११ जना कृषकलाई ११ थान मोटर सहितको १४ थान चापकटर मेसिन वितरण गरेको हो ।

यसैबीच फिदिम–११ र १२ का अपाङ्गता भएका नागरिकका लागि ३ थान ह्वीलचेयर, ५ थान कम्बोड चेयर, ३ जोडी बैसाखी वितरण गरिएको नगरप्रमुख काफ्लेको भनाइ छ ।  किसान र अपाङ्गलाई आवश्यक पर्ने औजार र सहायक सामग्री नगर प्रमुख काफ्लेले वितरण गरेका थिए ।