विराटनगर । मोरङको कटहरी गाउँपालिका – ४ की कल्पना मेहताको छाला चिलाउने रोगले हैरानी भएकी छिन् । कहिले छाला फुस्रो हुन्छ । कहिले दाग देखिन्छ । कहिले घाउ खटिरा आउँछ । कहिले चाहुरिन्छ । छालाका यावत् समस्या झेल्दै आएको उनले बताइन् ।
यसरी गाउँभरी छालाको समस्याले ग्रस्त भएकी कल्पना मात्र होइन् । कटहरी ४ का गाउभरीका स्थानियको समस्या हो । गाउँभरी छालाको समस्याले ग्रस्त बनाएको कटहरी ४ मा रहेको क्वालिटी थाइ फुडस उद्योगबाट निस्किने प्रदूषित पानी प्रमुख कारण भएको यहाँका स्थानियको भनाई छ । ‘क्वालिटी थाइ फुडस उद्योगबाट निस्किने दूषित पानी उद्योगको पछाडीबाट सोझै लोहन्द्रा खोलामा हालेको छ,’ स्थानिय रामकुमार सिंहले भने, ‘यहाँका स्थानिय कृषक खेती लगाउन खोला तरेर आफ्नो बाली हेरचारको लागि जानुपर्ने हुन्छ । खोलाको तर्दै आफ्नो बारीमा जाँदा छाला सम्बन्धी रोगले ग्रसित भएका छन् ।’ क्वालिटी थाइ फुडसको चार वटा उत्पादन हुने उद्योग एकै ठाउँमा रहेको छ । यही उद्योगबाट निस्किने फोहर पानी लोहन्द्रा खोलामा हाल्ने गरेका छन् ।
‘प्रदुषित पानीको कारणले यहाँका स्थानिय हैरानी भइसके,’ कटहरी ४ फुलटोलीकी उषादेवी सिंहले भनिन्, ‘छालाको समस्या मात्र होइन् । उद्योगले प्रदूषित पानी खोलामा मिसाउँदा तरकारी बालिमा पनि छती पुगेको छ ।’ उनी १५ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छिन् । सिचाइ नभएपछि उनी पम्पसिटको साहयताले लोहन्द्रा खोलाको पानी तरकारीमा लगाउने गरेकी छिन् । ‘प्रदूषित पानी खोलामा आएको हुदो रहेछ । तेही पानी तानेर तरकारी बालीमा लगाउँदा तरकारीका बोटहरू मर्दो रहेछ,’ उनले भनिन, ‘अहिले गाउँभरी यहाँको उद्योगबाट निस्किने प्रदूषित पानी खोलामा मिलाएको कारणले हैरानी भएका छन् ।’ गाउँभरी छालाका विरामी बढेको उनले बताइन् ।
‘यहाँका कृषकहरूमा छालाको समस्या नभएको कोही भेटिदैन । प्रायजस्तो कटहरी ४ का स्थानिय कृषकहरूमा छालाको समस्या देखिएको छ ,’ उनले भनिन्, ‘यसरी छालामा समस्या देखिनु एउटै कारण भएको प्रदूषित पानी । उद्योगबाट निस्किने फोहर पानी साझै खोलामा हाल्ने गरेका छन् । यहाँका कृषकहरू खोला तरेर खेतीपार्दै आएका छन् । फोहर पानीबाट तरेर ओहरदोहर र त्यही पानीको प्रयोगले गर्दा छालाका विरामी यहाँ बढेका छन् ।’
क्वालिटी थाइ फुडको बदमासीको बारेमा यहाँका स्थानियले विरोध जनाएपछि उद्योगले कुनै सुुनवाइन नगरेको उनीहरुको भनाई छ । ‘हामीले चौतर्फी रूपमा विरोध गरेपछि २÷४ दिन फोहर पानी खोलामा फाल्न छोड्छ । हामीले विरोध गर्न छोडेपछि फेरी उद्योगबाट निस्किने फोहर पानी सोझै खोलामा हालीहाल्छन्,’ राम सिंहले भने, ‘यो उद्योगका कारण हामीलाई हैरानी भइसक्यो ।’ उद्योगबाट निस्किने फोहर पानी खोलामा फाल्दा पनि यहाँका स्थानिय तहले कुनै कारवाही नगरेको प्रति यहाँका स्थानिय रूष्ट भएका छन् । ‘उद्योगबाट निस्किने फोहर पानी खोलामा फालेर यहाँका स्थानियले पाएको सास्ती र रोेगबारेमा पनि यहाँका जनप्रतिनधीहरू अवगत छन् । तर, दूषित पानी खोलामा फाल्ने उद्योगलाई कारावहीको प्रक्रियामा लैजाने स्थानिय तहले पनि चासो देखाएको छैन,’ उनले भने ।
छाला रोग विशेषज्ञ डा. राजिव कोइरालाले दूषित पानीको कारणले चिलाउने, दाग र लुतो जस्तो रोग देखा पर्ने बताए । ‘यस्तो रोगहरूबाट बच्न सरसफाइ र फोहर पानीबाट टाढा रहनुपर्दछ,’ डा. कोइरालाले भने, ‘साबुन र तातो पानीले हात धुनुपर्छ । अर्थात हातको सरसफाईमा विशेष ख्याल गर्नुपर्छ ।’
कटहरी गाउँपालिका अध्यक्ष देबराज चौधरीले आफु गाउँपालिकामा निर्वाचित भएर आएपछि उद्योगको फोहर पानीबाट समस्यामा परेको भनेर आफुलाई जानकारीमा नआएको बताए । ‘अहिलेसम्म मलाइ कतैबाट जानकारी आएको छैन । उद्योगबाट निस्किने फोहर पानी खोलामा मिलाउने विषयमा बुझनेछु,’ उनले भने, ‘यदी फोहर पानी खोलामा मिसाएको पाए कारवाहीको गर्नेछु ।’
यता उद्योगका संचालक विपिन काबरलाई दूषित पानीको विषयमा बुझन बारम्बार सम्र्पक गर्न खोज्दा पनि उनीसँग सम्पर्क हुन सकेन ।
                    
        
                                        
                                                                                                
        































