साँगुरीगढी गाउँपालिकाको ओख्रे र तुंखा गाउँका २८ घर परिवारले ४६ बर्ष पछि लालपूर्जा पाएका छन् । 

वि.सं.२०३३ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिए पछि उनीहरु लालपूर्जा पाउनबाट बन्चित भएका थिए । नापी कार्यालय धनकुटाका प्रमुख मिथिलेस यादवले डाँडाबजारमा शनिबार एक लालपूजा हस्तान्तरण कार्यक्रमको आयोजना गरेर उनीहरुलाई लालपूर्जा हस्तान्तरण गरिएको हो ।

उनीहरुलाई भूमि ब्यबस्था सहकारी तथा गरिवी निवारण मन्त्री सशी श्रेष्ठ,मन्त्रालयका महाप्रवन्धक प्रकाश जोशी र साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयक्त रुपमा लालपूर्जा बितरण गरेका थिए । कार्यक्रममा नापी कार्यालय प्रमुख मिथिलेस यादवले चौबिसे गाउँपालिकाको मुढेवासमा पनि सोही प्रकृतिको ५५ घर परिवारलाई लालपूर्जा बितरणको काम अन्तिम तयारीमा रहेको जानकारी दिए ।

लालपूर्जाका लागि साँगुरीगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष कुमारजंग याखा र वडा नं.५ का निर्वतमान अध्यक्ष पलकबहादुर बस्नेतले शुरु गरेको काम सफल भएको भन्दै नापी शाखा प्रमुख यादव र गाउँपालिका अध्यक्ष राईले उनीहरुको प्रशंसा गरेका थिए । कार्यक्रममा संबिधानसभा सदस्य हेमराज भण्डारी, प्रदेश सभासद् कुसुम कुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, भूमि सम्बन्धी समस्या सामधान आयोग धनकुटाका अध्यक्ष बलबहादुर राई लगाएतको उपस्थिति रहेको थियो ।

तस्विर÷ साँगुरीगढीको डाँडावजारमा भूमि ब्यबस्था सहकारी तथा गरिवी निवारण मन्त्री सशी श्रेष्ठ लालपुर्जा विरतण गर्दै ।