धरानबाट भेडेटार तर्फ जाँदै गरेको एक कारमा आगलागी भएको छ । आज दिउसो करिब १ बजेर २० मिनेटमा धरान भेडेटार सडक खण्डको आपगाछी भन्दा करिब सय मिटर मास्तिर  भारतीय  नम्बर प्लेट बिआर ११ यु ४०४७ नम्बरको कारमा आगलागी भएको जिल्ला ट्राफिक कार्यालय सुनसरीले जनाएको छ । 

कार्यालयका अनुसार भारतको विहारबाट भेडेटार घुम्न आएका मानिसहरू सवार उक्त कार जेलेर पूर्ण रूपमा नष्ट भएको छ भने भातको विहार राज्यस्थित जोगवनीका ३५ वर्षीय राजिव सिंहले चलाएको उक्त कारमा सवार ५ जना भने सकुशल रहेका छन् । कार भित्र भएको विद्युतीय सर्ट का कारण आगलागी भएको बताइएको छ ।

मध्य सडकमा भएको आगलागीका कारण बन्द रहेको यातायातको आवागमन   धरान उपमहानगरपालिकाको दमकल आगो नियन्त्रणमा लिइसकेपछि क्रेनद्वार हटाइ  यातायात आवागमन सुचारु गर्ने काम भइरहेको छ ।