भोजपुर । स्वास्थ्य कार्यालय भोजपुरले ९ जना महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गरेको छ ।

एक पालिका एक सामुदायिक स्वास्थ्य महिला स्वयम सेविका सम्मान कार्यक्रम अन्र्तगत २ नगरपालिका सहित ७ गाउँपालिकाका ९ जना स्वयम सेविकालाई सम्मान गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुुमन तिवारीले बताए । विभिन्न खोप अभियान तथा मातृशिशु स्वास्थ्यको हेरचाहरमा सक्रिय भई काम गर्ने उत्कृष्ठ ९ जनालाई सम्मान गरिरको उनले जानकारी दिए ।

सम्मानित हुनेमा बसन्ती राई, गिता बस्नेत, निश्मा मगर, सुमित्रा मगर, राधादेवी तामाङ, मन कुमारी राई, पार्वती राई, रमिता मगर र सुनिता तामाङ रहेको स्वास्थ्य शिक्षा प्रशिक्षक राजु श्रेष्ठले बताए । सम्मान पाए पछि महिला स्वास्थ्य स्वयंसेविका खुसी भएका छन् ।