भोजपुर । भोजपुरको रामप्रसादराइ गाउँपालिका वडा नम्बर ३ भुल्केमा ४ सय ८० घर–परिवारलाई फिल्टर वितरण गरिएको छ ।

स्वच्छ र सफा खानेपानीका लागि वडाबासिलाई ‘एक घर–एक फिल्टर’ वितरण गरिएको हो  ।  वडाको ६ लाख बजेटबाट वठाबासी , वडामा रहेका विद्यालय र स्वास्थ्य संस्थालाई फिल्टर वितरण गरिएको वडाध्यक्ष रामु थापामगरले बताए ।

दुषित खानेपानीका कारण विभिन्न रोग लाग्न नदिन वडावासीको स्वास्थ्यलाई ध्यान दिदै फिल्टर वितरण गरिएको वडाध्यक्ष मगरले जानकारी दिए ।

बितरण गरिएको फिल्टर ७५ प्रतिशत वडा र २५ प्रतिशत सम्बन्धित व्यक्तिको लगानीमा वितरण भएको हो । वडाले फिल्टर वितरण गरे पछि भुुल्केका स्थानिय जनता खुसी भएका छन् ।