पाँचथर । तेह्रथुमको छथर गाउँपालिकाले किसान परिचय पत्र वितरण सुरु गरेको छ ।

गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी किसानलाई डिजिटल किसान परिचय–पत्र वितरण गरेको हो । गाउँपालिकाले १ र २ नम्बर वडामा परिचय–पत्र वितरण सुरु गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार किसानको घरमै पुगेर डिजिटल एप प्रयोग गरेको बताए ।

कुल २ हजार ७ सय १८ किसानहरूको बिवरण संकलन गरी परिचय पत्र छापिएको छ । ‘कृषि नै गाउँपालिकाको समृद्धिको आधार भएकाले उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिएका छौँ’–उनले भने ।

कृषिक्षेत्रबाटै सम्भावना खोजी गर्दै आएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत् बाँझिएका जमिनमा कृषि उत्पादन गरी कृषिबाट आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।

कृषि क्षेत्रलाई प्राथमिकता दिँदै ‘गाउँपालिकाले एक घर, एक करेसाबारी कार्यक्रम, बाँझो जमिनमा उत्पादन कार्यक्रम जस्ता कार्यक्रमलाई तत्काल कार्यान्वयनमा लाने बताइएको छ ।