धरान । न्यूरो सर्जन डा. रामकुमार श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

करुणा अस्पतालका प्रबन्ध निर्देशक एवम् वरिष्ठ परामर्शदाता न्यूरोसर्जन डाक्टर रामकुमार श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

इटहरीस्थित स्किल क्याम्पसका सल्लाहकारसमेत रहेका उनले गत जेठ २ गते सगरमाथाको चुचुरोमा पाइला राखेका हुन् । उनी चैत २७ गते आरोहणका लागि प्रस्थान गरेका हुन् ।

लामो सयमको तालिमपश्चात् उनले सफलतापूर्वक सगरमाथाको आरोहण गरेका हुन् । उनले सगरमाथाको चुचुरोमा स्किल क्याम्पसको झण्डा पनि फहराएका थिए ।

himal2

himal1

himal