धरान । धरान १०,  पुतली लाईन (भाटभटेनी सुपर मार्केट नजिक, एभरेष्ट बैङ्कको भूँई तला)मा लाइफ केयर फिजियोथेरापी सेन्टरको आज उद्घाटन भएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख आतिथिका रहेका धरान उपमहानगरपालिका वडा नं. १० का नवनिर्वाचित वडा अध्यक्ष बिवेक राईले रिबीन काटेर सेन्टरको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिवेक राईले यस सेन्टरलाइ सञ्चालनमा ल्याएकोमा खुशि व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा वडा नं. १० को कार्यालयले सक्दो सहयोग गर्ने बताएका छन् । उनले बिरामीहरूको लागि  फिजियोथेरापीले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै लाइफ केयर फिजियोथेरापी सेन्टरलाई शुभकामनासमेत दिए ।

सेन्टरका सञ्चालक डा. प्रबिर  श्रेष्ठका अनुसार धरानका साथै धरान नजिक रहेका सेवाग्राहीलाई ध्यानमा राखी करिब ५० लाखको लगानीमा खोलिएको  सेन्टरमा विभिन्न प्रकारका फिजियोथेरापी, रगत जाँच, मसाजको व्यवस्था, एसी जडित सुविधा सम्पन्न तथा डिजिटल मेसिन जडान गरिएको र एक पटकमा १५ जना सेवाग्राहीहरुले सेवा लिन सक्ने बताएका छन् ।

फिजियोथेरापीमा भएको अनुभवलाई संगालेर धरानमा सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ अवधारणाका साथ युवा व्यवसायी डा.प्रबिर श्रेष्ठ (PT) को एकल लगानीमा लाइफ केयर फिजियोथेरापी सेन्टर खोलिएको हो । सेन्टरमा विषेश गरी एक्सासाइज थेरापिलाई जोड दिइएको साथै होमसर्भिसको सेवा, बालबालिका देखि वृद्धवृद्धा उमेर समूका सेवाग्राहीहरुले सेवा लिन सक्ने बताइएको छ ।

उक्त सेन्टरमा साउथ कोरियाको REHABE HOSPITAL मा लगभग ५ वर्षसम्म काम गरि स्वदेशका विभिन्न हस्पिटलमा समेत राम्रो अनुभव संगाली सकेका डा. प्रबिर श्रेष्ठ (PT) को सेवा सेवाग्राहीहरूले लिन सक्नेछन् ।