संखुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका –१ नुनढाकीमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ बर्षीय रामकुमार राई र उदयपुरको चौदण्डिगढी नगरपालिका – ६ का २० बर्षीय हिम बहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
बुधबार दिउँसो ११ बजे तिर चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोले पुरिएर दुई जना २ मजदुरको मृत्यु भएको प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।
चैनपुर–नुनढाकी सडक खण्डमा तारजाली लगाउने क्रममा ३० मिटर माथि बाट खसेको सुख्खा पहिरोले पुरिएर दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक बस्नेतले बताए ।