धरानबाट क्रियाशील पत्रकार महिलाद्धारा प्रकाशित हुदै आएको दिव्य रोशनी साप्ताहिक पत्रिकाको १८ औं बार्षिक समारोहको अवसरमा धरानका ती संचारकर्मी पुरस्कृत भएका छन् । पुरस्कृत संचारकर्मीहरुमा व्लाष्ट टाइम्स दैनिकका सम्पादक गोपाल दाहाल, कान्तिपुरका प्रदीप मेन्याङ्बो र गोरखा पत्रका महिला संचारकर्मी रहेका छन् । 

पत्रिकाका सम्पादक तथा प्रकाशक मनिता चाम्लिङ्का बुवा क्विन्स गोर्खा ईन्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको स्मृतिमा स्थापना गरिएको उत्कृष्ट सामाजिक पत्रकारिता सम्मानद्धारा कान्तिपुरकर्मी  प्रदिप मेन्याङ्वो र गोर्खापत्र दैनिकका पत्रकार निशा राईलाई सम्मान गरिएको थियो । पत्रिकाका सम्पादक चाम्लिङ्कका दिवंगत कान्छा दाजु स्व बाजुन राईको स्मृतिमा स्थापना गरिएको सृजनशिल पत्रकारिता सम्मानबाट पत्रकार गोपाल दाहाललाई सम्मान गरिएको थियो । सम्मानित पत्रकारहरुलाई जनही नगद ५ हजार ५ रुपैया सहित सम्मानपत्रले सम्मान गरिएको थियो । । 

  यसैगरी सोही अवसरमा अपाङ्ग तथा असाहयहरुको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउदै आएका धरानस्थित अपाङ्ग पुर्नस्थापना तथा असाहय सेवा केन्द्र नेपाल संयोजक सुनिल खड्कालाई दोसल्ला र  सम्मानपत्रले अभिनन्दन समेत गरिएको थियो । सम्मानितहरुलाई प्रमुख अतिथी धरान उप–महानगरपालिकाका नगर प्रमुख तिलक राई, पत्रिकाका सम्पादक मनिता चाम्लिङ, व्यबस्थापक सागर सिंजाली तथा पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईले सम्मान तथा पुरस्कार वितरण गरेका थिए।