धरान स्थित  युएन कलेज एण्ड नवोदय प्लस टुले दस वर्ष  पुरा गरेको अवसरमा दशक महोत्सव मनाउने भएको छ । 

कलेजले यही जेठ ७ गते स्थापनाको १० वर्ष पुरा भएको भन्दै  धरान  स्थित किरात याक्थुम चुम्लुङको हलमा दशक महोत्सव मनाउने भएको हो । 

२०६८ सालमा ११ जना विद्यार्थीबाट सुरु भएको  कलेजले हालसम्म १० हजार विद्यार्थी उत्पादन गरिसकेको यस कलेजले धरानलाई शैक्षिक क्षेत्रमा प्रदेशकै हबको रूपमा स्थापित गर्न भूमिका खेल्दै आएको दृष्टिगत भए पनि  थप  जानकारी अवगत गराउन दशक महोत्सवको आयोजना गरिने भएको क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले बताए ।    

उनका अनुसार १ नम्बर प्रदेशकी सामाजिक विकास राज्य मन्त्री विष्णुमाया तुम्बाहाम्फे (राई) को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम हुने भएको छ । 

" कार्यक्रममा कक्षा १२  र बीबीएस चौंथो वर्षका विद्यार्थीहरूलाई हामीले बिदाइ कार्यक्रम राखेका छौँ । " क्याम्पस प्रमुख  तुम्बापोले भने " बीबीएस पहिलो वर्ष र बीएचएम पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम रहेको छ । "

उनले दशक महोत्सवकै अवसर पारेर  विभिन्न विधामा उत्कृष्ट हुने तथा उत्कृष्ट अङ्क ल्याएर पास हुने  विद्यार्थीहरूलाई अवार्ड तथा पुरस्कार दिएर सम्मान गर्ने कार्यक्रम रहेको तुम्बापोले बताए ।  उनले धरान कार्यक्षेत्र बनाएका शैक्षिक क्षेत्रमा कलम चलाउने पत्रकार, खेलकुद तथा शैक्षिक  क्षेत्रमा काम गर्ने व्यक्तित्वहरूलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताए ।