धरान । धरान–१ स्थित धरान मन्टेश्वरी एकेडेमीको १७ औं वार्षिकोत्सव तथा पन्ध्रौं दीक्षान्त समारोह सुरु भएको छ ।

दुई दिनसम्म चल्ने समारोहमा बुधबार एकेडेमीका विद्यार्थीहरूले नृत्य, सङ्गीत तथा गीत प्रस्तुत गरे । कार्यक्रमको उद्घाटन संविधानसभाका सभासद् किरणकुमार राईले गरे ।

‘सुन्दर देश नेपाल’ बोलको गीतमा एलकेजी र युकेजीका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरे । त्यस्तै नर्सरीका विद्यार्थीहरूले बम बम भोले गीतमा नृत्य प्रस्तुत गरे ।

त्यसक्रममा नर्सरीका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको एकेडेमीका निर्देशक दीपककुमार अग्रवालले बताए । दुई दिनसम्म हुने कार्यक्रममा पहिलो दिन नर्सरीदेखि युकेजीसम्मका विद्यार्थीहरूले प्रस्तुति दिएका थिए ।