धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेरुदण्डसम्बन्धी रोगका विषेशज्ञ चिकित्सक (हाडजोर्नी विभाग) का प्राडा पशुपति चौधरी एसोसिएसन अफ स्पाइन सर्जन अफ प्रोभिन्स १ नेपालको अध्यक्षमा चयन भएका छन् ।

स्पाइन (मेरुदण्ड) सर्जनहरुको भेलाले मंगलबार ११ सदस्यीय स्पाइन सर्जन कमिटि गठन गर्दै प्राडा चौधरीलाई अध्यक्षमा चयन गरेको हो । प्रा.डा. चौधरी एसोसिएसनका राष्ट्रिय उप सचिव पनि हुन् ।

नवगठित कमिटिमा उपाध्यक्ष डा. प्रकास सिटौला, महासचिव डा प्रेम शाही, सचिव डा सुवास झा, कोषाध्यक्ष डा सन्दिप अधिकारी र सदस्यहरुमा डा. यज्ञ खरेल, डा. कुमार साह, डा. कुमुद लिम्बु, डा. नविक सिं, डा. प्रमोद बराल, डा. अनुप पोखरेल रहेका छन् ।

उक्त कमिटि पहिलो पटक विस्तार गरिएको हो । हाडजोर्नी (अर्थोपेडिक) विद्या अन्तर्गत स्पाइन (मेरुदण्ड, नसा) सम्बन्धी सर्जन बिधाबारे चिकित्सकीय ज्ञान आदान प्रदान गर्दै विरामी उपचारमा गुणस्तर बढाउने उदेश्यले कमिटि विस्तार गरिएको हो ।

नवगठित कमिटिका अध्यक्ष प्राडा चौधरीकाअुनसार हाडजोर्नी अन्तर्गत मेरुदण्डको रोग र शल्यक्रियामा उपचार पद्धतीमा व्यापक विकास भएको र विरामीलाई स्पेशियालिटि सेवा दिन कमिटिको मुख्य उदेश्य रहेको प्रा.डा. चौधरीले बताए । उनकाअनुसार मुलुक भर स्पाइन सर्जनहरु करिव सयजनाको हाराहारीमा मात्र छन् । प्रदेश १ मा २० जना रहेका छन् ।