श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत २१ गते सोमबार, ४ अप्रिल २०२२ । राक्षसनाम संवत्सर, चैत्र शुक्लपक्षको तृतीया तिथि १४ः१५ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र भरणी १४ः४५ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ५ः५१ बजे र सूर्यास्त ६ः२२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रोकिएका काम पुनः सुरु हुनसक्नेछ । प्रेम प्रसङ्गमा रमाइलोपन आउने रहेको छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्न सक्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा लगानी बढाउनु पर्ने समय रहेको छ । सोचेअनुरूप काम बन्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिको सहयोगबाट थालेको काम सफल हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमसम्बन्ध कसिलो हुनेछ । रमाइलो यात्रा हुनेछ । दिन राम्रो रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सवारी साधन खरिद बिक्री गर्ने योग रहेको छ । स्वास्थ्यमा समस्या देखिएला । अलि सजग रहनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पूरा हुँदै जालान् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सरकारी निकायको भय रहने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारमा चिन्ता बढ्न सक्छ, तर विद्यामा सफलता प्राप्त हुनेछ । दिन सामान्य छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तसँग सहकार्यको अवसर मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
एउटै कामबाट दोहारो लाभ मिल्नेछ । वैदेशिक यात्राको योग पनि रहेको छ ।