भद्रपुर । वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा  गौरीगञ्ज गाउँपालिका  २ भाकुरमारीका दुई जना युवालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौरीगञ्जले अन्दाजी २२ वर्षीय प्रमोद राजवंशी र सोही ठाउँका अन्दाजी २४ वर्षीय देवकुमार राजवंशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबार अपरान्ह् ४ बजे पीडित बालिका भैँसीका लागि पराल लिन गएको बेला ती युवाहरूले जबर्जस्ती करणी गरेको जाहेरीमा जनाइएको छ  । युवाहरू भारतीय सीमा नजिक रहेको जबानमुन्सीमा वर्षेनी लाग्ने स्थानीय मेला घुम्न गएका थिए । बालिका ५ महिना देखि आफन्तकोमा बस्दै आएकी थिइन ।

बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जबरजस्ती करणी गरेको किटानी जाहेरी दिएको प्रहरीको भनाइ छ । बालिकाको स्थायी घर भने झापा गाउँपालिकामा रहेको प्रहरीले जनाएको छ । घट्नापछि प्रहरीले अनुसन्धान गरिरहेको जिल्लाका इन्सपेक्टर गुरु तिम्सिनाले जानकारी दिए ।

वालिकाको स्वास्थ्य परिक्षण लगायतका प्रकृयाहरु भइरहेको र पीडित वालिका आफन्तकोमा नै रहेको उनले जानकारी दिए ।