विराटनगर/ मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको बलात्कारपछि मुख थुनेर ‘क्रूर’ हत्या गरेको घटनामा बेल्टको ‘बक्कल’ अपराध सुल्झाउन सहयोगी बनेको छ ।

बक्कल पहिचान भएपछि बालिका करुणाकोे बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गर्न सफल भएको हो । आरोपी पत्ता लगाउन दसी प्रमाणका रूपमा पहिलोपटक बेल्टका बक्कल फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।

स्कुलबाट गत बुधबार साँझ घर फर्किदै गरेकी करुणालाई पक्राउ परेका गिरीले बलात्कार गरेपछि घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बालिकाको हत्या गरेपछि गिरीले लेटाङ–८ लालहीरा सामुदायिक वनको कोलाको झ्याङमा ढुङ्गाले शव फालिदिएका थिए । शव फालेको स्थान बालिकाको घरदेखि करिब तीन किलोमिटर दक्षिणमा पर्दछ । ‘विद्यालयबाट घर फर्कँदै गरेकी बालिकालाई एक्लै हिँडेको देखेपछि गिरीले पछ्याउँदै गएका थिए ।

जङ्गलको बीचमा पुगेपछि बालिकालाई फकाई फुल्याई जङ्गलभित्रको बाटोबाट जाँदा छोटो पर्छ यताबाट जाँउ भनेर लगेका देखिएको प्रहरी जनाउँछ । केही पर पुगेपछि अभियुक्त गिरीले बालिकालाई शारीरिक सम्पर्कको लागि प्रस्ताव राखेका थिए । तत्काल ती बालिकाले अस्वीकार गरेपश्चात् गिरीले बालिकालाई भुइँमा लडाइँ जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बालिकाले करणी गरेको कुरा आफ्नो बुबालाई भनिदिन्छु भन्दै दौडिएकी करुणालाई गिरीले बलात्कारको पोल खुल्ने डरले घाँटी थिच्दै मुख थुनेर हत्या गरेको देखिएको छ,’ मोरङ प्रहरी प्रमुख जिसीले भने, ‘हत्या गरेपछि सोही स्थान नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी ढुङ्गाले छोपेको फालेका थिए ।’

badmas

करुणाको हत्या गरेर शव फालेपछि उनले लगाएको कपडा, जुत्ता बोकेर गिरीले आफ्नो घरपछाडि जलाएका प्रहरीले बताएको छ । ‘प्रमाण नष्ट गर्न बालिकाले लगाएको कपडा गिरीले जलाएको देखिन्छ,’ एसपी जिसीले भने, ‘हामीले त्यहीँ जलाएको स्थानदेखि प्रराम्भिक अनुसन्धान सुरु गरियो । जलाएको स्थानमा बालिकाले लगाएको बेल्टको बक्कल भेटियो । त्यही बक्कल हामीलाई अनुसन्धानको मुख्य कडी बन्यो ।’ बेल्टको बक्कलमा करुणा पढ्ने स्कुलको नाम जाँते मावि लेखिएको थियो । बालिकाले लगाएको बेल्टको पहिचान भएपछि हत्या आरोपीलाई पक्राउ गर्न सजिलो भएको प्रहरीले बताएको छ ।

खरानीको थुप्रोमा डढेँको अवस्थामा बक्कल फेला परेको नजिकै लाइटरसमेत फेला परेको एसपी जिसीले बताए । सोही आधारमा शङ्का लागेर गिरीलाई सोधपुछ गर्ने क्रममा बयान दिएको र बालिकाको शव शुक्रबार बिहान फेला परेको हो । बालिका हत्या आरोपमा पक्राउ परेका दीपक गिरीलाई जबरजस्ती करणी गरि कर्तव्य ज्यान मुद्दामा आइतबार मोरङ अदालतमा म्याद थप गरिसकिएको छ ।

उनलाई मुलुकी अपराधसंहिता ऐन २०७४ को ज्यानसम्बन्धी कसुरको दफा १७७ र जबरजस्ती करणी कसुर २१९ को (ख) बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढनेछ  । परिच्छेद ५ को दफा ४१ ज्यानसम्बन्धी कसुरको (च) मा क्रूर यातना दिइ जबरजस्ती करणी गरी ज्यान मारेमा त्यस्ता कसूरदार जीवित रहेसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

बालिकाले लगाएको बेल्डको बक्कल भेटियो । त्यही बक्कल हामीलाई अनुसन्धानको मुख्य कढी बन्यो ।’ बेल्डको बक्कलमा करुणा पढने स्कूलको नाम जाते मावि लेखिएको थियो । बालिकाले लगाएको बेल्डको पहिचान भएपछि हत्या आरोपीलाई पक्राउ गर्न सजिलो भएको प्रहरीले बताएको छ ।

खरानीको थुप्रोमा डढेको अवस्थामा बक्कल फेला परेको नजिकै लाइटर समेत फेला परेको  एसपी जिसीले बताए । सोही आधारमा शंका लागेर गिरीलाई सोधपुछ गर्ने क्रममा बयान दिएको र बालिकाको शव शुक्रबार विहान फेला परेको हो ।

बालिका हत्या आरोपमा पक्राउ परेका दिपक गरीलाई जवरजस्ती करणाी गरि कर्तव्य ज्यान मुद्दामा आइतबार मोरङ अदालतमा म्याद थप गरिसकिएको छ । उनलाई मुलुकी अपराधसंहिता ऐन २०७४ को ज्यानसम्बन्धी कसुरको दफा १७७ र जवरजस्ती जकरणाी कसुर २१९ को ख बमोजिक कारवाहीको प्रक्रिया अगाडी बढनेछ  । परिच्छेद ५ को दफा ४१ ज्यानसम्बन्धी कसुरको (च) मा क्रुर यातना दिइ जर्वजस्ती करणाी गरी ज्यान मारेमा त्यस्ता कसूरदार जीवित रहेसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।